काठमाडौँ । नेपालले पपुवा न्यू गिनीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो ।