logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, नेपाल ८५ रनले विजयी

    पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, नेपाल ८५ रनले विजयी

    1.9K
    Shares
    पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, नेपाल ८५ रनले विजयी

    काठमाडौँ । नेपालले पपुवा न्यू गिनीलाई ८५ रनले हराएको छ । नेपालले पपुवा न्यू गिनीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

    त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ८५ रनले हराएउँदै विजयी भएको हो ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रनको लक्ष्य दिएको थियो ।

    जितका लागि एक सय ९९ रनको लक्ष्य पाएको पपुवा न्यु गिनीले १६.१ ओभरमा १ सय १३ रन मात्र बनाउन सफल भयो ।

    नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।

    आजै हुने पपुवा न्युगिनी र हङकङसँगबीचको खेलका विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend