logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र एन्फा मोरङ भिड्दै

    बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र एन्फा मोरङ भिड्दै

    602
    Shares
    बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र एन्फा मोरङ भिड्दै

    विराटनगर । सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र एन्फा मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

    धरान रंगशालामा हुने फाइनल खेलमा यी दुवै टिम उपाधिका लागि मैदानमा उत्रने छन् । न्युरोड टिम (एनआरटी) काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल पुगेको हो ।

    एन्फा मोरङ आयोजक धरान फुटबल क्लबलाई हराउँदै फाइनल आइपुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

    यसैगरी, उत्कृष्ट गोलरक्षकलाई २५ हजार, उत्कृष्ट डिफेन्सलाई २५ हजार, उत्कृष्ट मिड फिल्डरलाई २५ हजार, उत्कृष्ट स्ट्राइकरलाई २५ हजार, उत्कृष्ट प्रशिक्षकलाई २५ हजार, सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

    फागुन २६ गते सुरु भएको प्रतियोगितामा चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युके एफसीले सहभागिता जनाएका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend