logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आयरल्यान्ड ‘ए’ माथि नेपालको जित

    आयरल्यान्ड ‘ए’ माथि नेपालको जित

    1.1K
    Shares
    आयरल्यान्ड ‘ए’ माथि नेपालको जित

    काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी २० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको सिरिजमा नेपालले १\० को अग्रता लिएको छ ।

    ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।

    जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६\१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

    उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १र१ विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भएको थियो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    नेपालका कुशल भुर्तेल, गुलशन झा र ललित राजवंशीले २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिएका थिए । दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी २० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend