logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • युएसए खुला करातेमा नेपालका २ खेलाडीले भाग लिँदै

    युएसए खुला करातेमा नेपालका २ खेलाडीले भाग लिँदै

    833
    Shares
    युएसए खुला करातेमा नेपालका २ खेलाडीले भाग लिँदै

    काठमाडौँ । युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले भाग लिनेछन् । एरिका १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताका रजत पदक विजेता हुन ।

    गत असोजमा चीनको ग्वान्झाउमा सम्पन्न एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । त्यस्तै विप्लवलालले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक दिलाएका थिए ।

    युएसए खुला प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । विप्लवलालले पुरुष ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

    उक्त प्रतियोगिताको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन । कुशलबाहेक अन्य तीन सदस्य नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् ।

    त्यस्तै कुशल भने भोली अमेरिका प्रस्थान गर्नेछन् ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टकंलाल घिसिङले आज नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend