logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अमेरिकाको न्युयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प, कुनै क्षति भएको छैन : प्रवक्ता फेबियन लेवीले

    अमेरिकाको न्युयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प, कुनै क्षति भएको छैन : प्रवक्ता फेबियन लेवीले

    2.2K
    Shares
    अमेरिकाको न्युयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प, कुनै क्षति भएको छैन : प्रवक्ता फेबियन लेवीले

    एजेन्सी । अमेरिकी सहर न्युयोर्कमा भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार भूकम्पको तीव्रता ४ दशमलब ८ म्याग्निच्युड रहेको थियो ।

    अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडानहरु रोकिएका थिए ।
    यस भूकम्पबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो।

    सहरका मेयर एरिक एडम्सका प्रवक्ता फेबियन लेवीले भने– सानो भूकम्प आएको थियो, क्षतिको कुनै खबर छैन। न्यूयोर्क र न्यु जर्सीमा प्रायः साना भूकम्प आउँछन् र धेरैजसो त्यसलाई ध्यान दिँदैनन्। सन् २०२३ को मे महिनामा यहाँ २.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सन् २०२३ को अप्रिलमा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सन् २०११ मा भर्जिनियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूयोर्कमा सबैभन्दा ठुलो भूकम्प सन् १८८४ मा गएको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड थियो। सन् २००८ मा गरिएको एक अध्ययन अनुसार न्युयोर्क र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहे पनि सय वर्षमा एकपटक मात्रै आउने गरेको छ ।

    सोही अध्ययनमा यहाँ हरेक ३४०० वर्षमा ७ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहेको बताइएको छ । भूकम्प जाँदा राष्ट्रसंघमा सुरक्षा परिषद्को बैठक चलिरहेको थियो ।

    संयुक्त राष्ट्रसंघको ‘सेभ द चिल्ड्रेन’ संस्थाका प्रमुख जेन्टी सोरिप्टोका अनुसार झटका महसुस हुने बित्तिकै उनी केही बेर रोकिएकी थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend