सिंगापुरमा । इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ ।
सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले बृद्धि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मुल्यांकन् प्रतिवेदनले देखाएको छ ।
प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक संचालको माध्यमबाट हुने गरेको छ ।सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ ।
मुल्यांकन् प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।
मुल्यांकन्न प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अंक दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेवसाइटलाई पूर्ण अंक दिइएको छ ।
गृह राज्यमन्त्री सन जुएलिङले संसद्मा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अंगीकार गर्न अस्वीकार गरेकोमा आलोचना गरे ।रासस