काठमाडौँ । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले आफना कार्यालयहरु बिहान ९ बजेदेखि सञ्चालन गर्ने भएको छ ।
वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
उनका अनुसार आइतबारदेखि कार्यालय विहान ९ बजे खोलिने तथा बेलुकाको समय भने परिवर्तन गरिएको छैन ।
उक्त सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने जनाइएको छ ।