logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन

    निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन

    910
    Shares
    निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली काँग्रेसको कुनै बिरोध नरहने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    काँग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा काँग्रेस सकारात्मक रहेको बताए । उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पु¥याएको पनि बताए । उनले विधेयक गम्भीर रहेकाले शिर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताए । उनले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने बताए । उनले निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन परेको बताए । निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको बताए ।

    ‘हाम्रो पहिलो प्राथमिकता विधेयकमा नै हुन्छ । हामीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्याएका छौँ । विधेयक अलि गम्भीर र शिर्ष नेतृत्वसँग बस्नुपर्ने हुँदा सम्माननीय प्रधानमन्त्रीज्यु र पूर्वप्रधानमन्त्रीसँग बसेर सकभर सहमतिमा नै टुंग्याउने पक्षमा छाैँ । हाम्रो नेपाली काँग्रेसको तर्फबाट अहिले कुनैपनि बिरोध नभएको कुरा जानकारी आएको छ । जस्तो विधेयक आएको छ, त्यसलाई पारित गर्नेकुरामा अघि बढेका छाैँ ‘ उनले भने ।

    ‘अन्तिम चरणमा छ । अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयक छ । यो विधेयक लामो समयसम्म धेरै कुरामा असर गर्ने खालको भएकाले यो समितिका सबै मान्य सदस्यहरुलाई केही विज्ञहरुसँग राखेर पनि छलफल गर्नेछाैँ । प्रमुख सचेतकहरुसँग बसेर केही विज्ञहरुसँग बसेर छलफल गर्नेछौँ । निर्माण सामग्री सम्बन्धी विधेयक समितिमा आइसकेको छ । त्यसमा झन्डै ४ सय वटा संशोधन छन् । अत्यसलाई पनि अघि बढाउनुपर्नेछ ।’

    सभापति खतिवडाले हप्तामा तीन दिन संसद चलाउने र तीन दिन समिति सञ्चालन गर्नेकुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रीतवद्धता जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend