logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • होङसीले गर्‍यो १३ अर्ब ८१ करोडको सिमेन्ट व्यापार, वितरण गर्ला ३०७ प्रतिशत लाभांश ?

    होङसीले गर्‍यो १३ अर्ब ८१ करोडको सिमेन्ट व्यापार, वितरण गर्ला ३०७ प्रतिशत लाभांश ?

    1.9K
    Shares
    होङसीले गर्‍यो १३ अर्ब ८१ करोडको सिमेन्ट व्यापार, वितरण गर्ला ३०७ प्रतिशत लाभांश ?

    काठमाडौं । चिनियाँ कम्पनीको बहुमत स्वामित्व भएको होङसी शिवम् सिमेन्ट प्रालिले ६ महिनामा पौने ५ अर्ब रुपैयाँको सिमेन्ट व्यापार गरेको छ । उद्योगले ६ महिनामा ४ अर्ब ८६ करोड २० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ ।

    २०२३ मा होङसी शिवम्ले १३ अर्ब ८१ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । २०२२ मा १७ अर्ब ४४ करोड, २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । २०२२ काे तुलनामा २०२३ मा होङसीको सिमेन्ट व्यापार १९ प्रतिशत घटेको छ ।

    कम्पनीले  २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । यस्तै २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कच्चा वस्तु कोइलाको भाउमा भएको वृद्धिले उत्पादन लागत बढ्दा उद्योगको अपरेटिङ प्रोफिट मार्जिन घटेर ९ प्रतिशतमा सीमित भएको छ । यद्यपि पछिल्लो समयमा कोइलाको भाउ घटेकाले उद्योगको मार्जिन बढ्ने देखिएको छ ।

    ६ महिनाको कारोबार अवस्था हेर्दा होङसीको गत वर्षको भन्दा कम सिमेन्ट व्यापार हुने देखिएको छ । आर्थिक गतिविधिमा आएको मन्दीको असर सिमेन्ट व्यवसायमा पनि परेको देखिन्छ । उद्योगले २ अर्ब ३२ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    २०२२ र २०२३ को नाफाबाट उद्योगले सेयरधनीलाई ३ सय ७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने जनाएको छ । दुई आर्थिक वर्षको नाफा जसको ठूलो हिस्सा भुक्तानयोग्य छ ।

    No description available.

    उद्योगले होङसी ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उद्योग सञ्चालन गर्दै आएका चिनियाँ र नेपाली दुबै कम्पनीको ट्रयाक रेकर्ड राम्रो रहेको छ ।

    सन् २०१५ मा स्थापना भएको होङसीले सिमेन्ट र कच्चा वस्तु क्लिङकर उत्पादन गर्दै आएको छ । उद्योगको वार्षिक २० लाख टन क्लिङकर र २३ लाख टन सिमेन्ट उत्पादन क्षमता रहेको छ ।

    उद्योगमा हङकङ रेडलाइन सिमेन्ट नम्बर–३ लिमिटेडको ७० र बाँकी शिवम सिमेन्ट लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ ।

    होङसी नवलपरासीको वेनी मनिपुर गाउँपालिकामा रहेको छ । उद्योगले सन २०१८ को मार्चदेखि सिमेन्ट र सोही वर्षको मेदेखि क्लिङकर उत्पादन थालेको हो । होङसी सिमेन्ट सञ्चालनमा आएपछि नेपालमा सिमेन्टको भाउ सस्तो भएको हो ।

    हङकङ लायनले चीनमा मात्र ५० वटा सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीले इन्डोनेसिया, लाओस र म्यानमारमा पनि सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ ।

    नेपालमा मात्रै ६० वटा सिमेन्ट र २० वटा क्लिङर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाले बजारमा तीव्र प्रतिस्पर्धा छ । अझै केही ठूला सिमेन्ट तथा क्लिङकर उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend