काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले सदनमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।
उनले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका हुन् ।
सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूविरुद्ध कहीँकतै मुद्धा नचलेको बताए ।
उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेकै भरमा आफूलाई थुन्नेगरी समिति गठनको कुरा गरिएको आशंका गरे ।