logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य

    नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य

    1.7K
    Shares
    नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य

    काठमाडाैँ । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन् । शनिवार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गरे । उनले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताए । उनले नेपाली चलचित्रको प्रतिष्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौं खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताए ।

    उनले भने, ‘दुई तीन वटा हलमा त सय दिन पुग्छ होला पक्कै पनि । अहिले १३ वटा हलमा चलिरहेको छ । बिस्तारै घट्दै घट्दै आउँछ । हामीले पतिष्पर्धा गर्ने अब विदेशी फिल्मसँग हो । विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिष्पर्धा गर्नुपर्छ । उनीहरुले धेरै पैसा अर्बौं अर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ । हाम्रो मुख्य प्रतिष्पर्धा विदेशी चलचित्रसँग हो ।

    स्वदेशी चलचित्रसँग हामी प्रतिष्पर्धा गर्नु हुँदैन । नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ । दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोच्नु हुँदैन । आफूले पनि मिठो चिज पकाएर पस्किनुपर्छ । दर्शकलाई राम्रो चिज चढाउन सक्नुपर्छ ।’

    अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने बताए । उनले चलचित्र निर्माताले मिठो पकाएर पस्किएमात्रै दर्शकले रुचाउने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend