काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठकको सुरुमै कांग्रेसले नाराबाजी र अवरोध गरेपछि स्थगित भएको हो ।
बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले घेराउ गरिरहेका थिए । सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल समेत भएको छ । ओलीले कांग्रेस नेताहरुसँग विवाद गरे ।
कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरिरहेका थिए ।
सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए। राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए।