logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गृहमन्त्री लामिछाने संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँः सांसद पाण्डे

    गृहमन्त्री लामिछाने संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँः सांसद पाण्डे

    1.3K
    Shares
    गृहमन्त्री लामिछाने संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँः सांसद पाण्डे

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संसदीय छानविन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभए उहाँ संलग्न सहकारीको नाम राख्नुपर्ने बताएका छन् ।

    शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुको विकल्प नभएको बताएका हुन् ।

    उनले गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभएमा उनी संलग्न सुप्रिम सहकारी र सूर्यदर्शन सहकारी लगायतको नाम उल्लेख गर्नुपर्ने बताए । उनले गृहमन्त्रीमा मात्रै सिमित नराखी सहकारीसँग सम्बन्धित सबै ठगि प्रकरणहरुको छानविन गर्नुपर्ने बताए ।

    उनले भने– ‘हाम्रो पार्टीले सहकारी ठगि प्रकरण र केवल गृहमन्त्रीको मात्रै कुरा भएन, सबै सहकारीसँग सम्बन्धित ठगि प्रकरणको छानविन गर्नुपर्छ भनेका छौँ । गिरिबन्धु टि स्टेटको समस्या जे हो त्यो भ्रष्टाचारजन्य काम नै थियो हिजोपनि । त्यसको बारेमा अझै व्याख्यासहित अर्को भेटमा गरौँला । संसदीय समिति चाहीँ नबनाइ सुख छैन । त्यहाँ मध्यमार्गि कहीँ ठाउँ छैन ।

    एउटा कुरा के हुनसक्छ भने फलानो व्यक्तिकै नाममा भनेर नाम किट्ने वा नकिट्ने भन्ने कुरोचाहीँ हुनसक्छ । के गर्न सकिन्छ भने सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी के–के सहकारीको नाममा ठगि भयो भन्ने छ नि, ति सबै सहकारीको नाम हालेर समिति बनाउँदा हुन्छ । त्यसको नाम नहालेर त के को छानविन गर्ने भनेको त ? गृहमन्त्रीको नाम तोक्नै परेन । सहकारीको नाम तोके भइगयो नि ।’

    सांसद पाण्डेले गिरिबन्धु टि स्टेटमा भ्रष्टाचार भएको भन्दै यस सम्बन्धमा पार्टीले आधिकारिक धारणा बनाउन बाँकी रहेको प्रतिक्रिया दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend