logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

    बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

    854
    Shares
    बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका लागि  पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।

    बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय गन्तव्यकारूपमा अघि प्रदेश सरकारको पनि साथ रहने बताए ।

    “बेगनास ताल र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढिरहेका छन् । यसलाई धार्मिक धार्मिक पर्यटकीय गन्तव्यकारूपमा विकास गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । विकासक्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्छ । त्यसमा हाम्रो पनि साथ छ”, मुख्यमन्त्री अधिकारीले भने ।

    संस्थाका अध्यक्ष ध्रुबनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात तालमध्ये ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् साधनस्रोतका दृष्टिबाट महत्वपूर्ण सप्पदा भएकाले यसको संरक्षणमा सबैको सहयोग हुनुपर्ने बताए ।

    तालसँगै यहाँस्थित बराह मन्दिर र लक्ष्मीनारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको उनको भनाइ थियो ।

    “यस क्षेत्रको समग्र विकासका लागि विसं २०७५ साल मंसिरमा सञ्चालित महायज्ञमा सङ्कल्प गरिएका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् । स्थानीयवासी, तीन तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको छ । त्यसैले यहाँहरू सबैको सहयोगको अपेक्षा छ”, उनले भने ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा इन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालगायतले बेगनास ताल, बराह क्षेत्रलगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्ने आवश्यकता औंल्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend