logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राजनीतिक दलसम्बन्धि संशोधन विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    राजनीतिक दलसम्बन्धि संशोधन विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    1.5K
    Shares
    राजनीतिक दलसम्बन्धि संशोधन विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौं । प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धि संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

    नेपाली कांग्रेससहितका विपक्ष दलहरुको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा पेश गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

    सभामुख देवराज घिमिरेले भने, ‘सो प्रस्तावको पक्षमा बहुमत भएकाले राजनीतिक दलसम्बन्धि संशोधन विधेयक, २०८० लाई फिर्ता लिने प्रश्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’

    नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानविन समितिको कार्यादेशमा किटान गर्नुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend