logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री रवि लामिछानेकाे सम्पत्ति कति ? यस्ताे छ विवरण

    गृहमन्त्री रवि लामिछानेकाे सम्पत्ति कति ? यस्ताे छ विवरण

    2.8K
    Shares
    गृहमन्त्री रवि लामिछानेकाे सम्पत्ति कति ? यस्ताे छ विवरण

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेकाे भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति छ ।ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

    लामिछानेको नाममा नेपाल बैंकमा १ लाख ५ हजार र ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ रहेको सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । रविको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको विवरणमा उल्लेख छ ।

    पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

    निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको उल्लेख गरिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड रुपैयाँ तिर्न बाँकी देखिएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

    लामिछानेले आफ्नी पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको खुलाएका छन् । उनले त्यस्तै, १५ २० किलो चाँदी रहेको भनिएको छ । अन्य नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

    निकिताको नाममा टाटा नेक्सनको ४२ लाख रुपैयाँमा किनेको देखाइएको छ । निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ ।नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend