काठमाडौँ । सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले चरणबद्ध रूपमा आन्दोलनमा जाने कार्यक्रम प्रस्ताव गरेको हो ।
सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ ।
यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।