बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँमात्र बजेट खर्च हुने सरकारको अनुमान

आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँमात्र बजेट खर्च हुने सरकारको अनुमान

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँमात्र बजेट खर्च हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गरेका हुन् । उनले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको भन्दै १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान गरे ।

उनले चालु आवमा चालुतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ २ खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात २ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको बताए । चालुतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रूपैयाँ खर्च हुने लक्ष्य राखेको थियो ।

चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजश्व संकलन हुने संशोधित अनुमान गरिएको बताए । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्यानुसार राजश्व संकलन हुन नसकेको अर्थमन्त्री पुनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend