logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • दिल्लीमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुग्यो

    दिल्लीमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुग्यो

    2.1K
    Shares
    दिल्लीमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुग्यो

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।

    भारतीय मौसम विज्ञान विभागले नरेला र मुंगेशपुरमा रहेका दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।

    मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामा भन्दा ९ डिग्री सेल्सियसयले धेरै हो । ३ करोडभन्दा धेरै जनसंख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

    सरकारी अधिकारीहरुले तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरुमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।

    वर्षाैँको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । भारतीय मौसम विज्ञान विभागले गर्मीले विशेषगरी शिशु, वृद्ध र दीर्घकालीन रोग भएकाहरुको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

    यस्तै भारतको राजस्थानका धेरै ठाउँमा अधिकतम तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend