logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चौथो रारा ट्रेल रनको उपाधी अक्कल र राज्यलक्ष्मीले जिते

    चौथो रारा ट्रेल रनको उपाधी अक्कल र राज्यलक्ष्मीले जिते

    1.4K
    Shares
    चौथो रारा ट्रेल रनको उपाधी अक्कल र राज्यलक्ष्मीले जिते

    सनत हमाल
    मुगु । नेपाली सेनाले नेपालकै ठूलो र गहिरो ताल रारामा सन्चालन गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधी अक्कल र राज्यलक्ष्मीले जितेका छन ।

    वर्षेनी नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौंथो पटकको रनको लागि नेपालकै ठूलो ताल रारा ताल वरिपरि धावकहरुलाइ प्रतिस्प्रधा गरिएको थियो । यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको थियो ।
    शुक्रबार विहान सन्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरि १९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।

    सहभागी पुरुष १६९ मध्य छायानाथ रारा नगरपालिका वडा न १४ वाम गाउका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किमि दुरि १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम,कनकासुन्दरी गाउपालिका ३ का सेर बहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै दृतिय र कनकासुन्दरी २ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतिय स्थान प्राप्त गरेका थिए ।

    यसैगरी महिला सहभागी ३५ जना मध्य गोठिचौर गाउँपालिका ३ गज्याङ्गकोट गाउकी राज्य लक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दुरि १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका २ जुम्ला पेडा गाउँकी कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर दोर्सो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेर्सो स्थान हात पारेका छन ।

    ट्रेल रनमा प्रथम,दृतिय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडिहरुलाइ जनही क्रमस ५० हजार,४० हजार,३० हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ ।

    विजेताहरुलाइ प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिकाका कार्यवहाक प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष, उत्तर पश्चिम पृतनापति एवं उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरेकाक थिए ।

    दौड प्रतियोगितामा जेष्ठ खेलाडि ५१ वर्षीय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५ वर्षिय दीपेन्द्र रावल प्रतियोगिका रुपमा सहभागी भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend