logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको आज बिदाइ

    विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको आज बिदाइ

    847
    Shares
    विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको आज बिदाइ

    काठमाडौँ । फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

    आईतवार काठमाडौँमा एक कार्यक्रमबीच टोलीको बिदाई गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले टोलीलाई बिदाइ गरेका थिए । नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ ।

    २३ सदस्यीय नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई र मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मनिष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई र फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान रहेका छन् ।

    दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ । नेपालले युएईबिरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दैछ । दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ ।

    नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि साउदी अरबमा खेल्न लागेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend