काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन् ।
सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो ।
तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको बुझिएको छ ।