logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रेसर ह्याण्डिल गर्नसक्ने टिमले जित्छः कप्तान रोहित

    प्रेसर ह्याण्डिल गर्नसक्ने टिमले जित्छः कप्तान रोहित

    1.1K
    Shares
    प्रेसर ह्याण्डिल गर्नसक्ने टिमले जित्छः कप्तान रोहित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन् ।

    विश्वकप शुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको बताए ।

    उनले १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको भन्दै उनले सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले अहिलेका खेलाडीहरुको सपना आज पूरा हुन लागेको बताए । उनले पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने बताए ।

    ‘हामी सबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दैछाँै । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ ।’-उनले भने, ‘२० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिष्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’

    उनले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend