काठमाडौं । लोकतानित्रक समाजवादी पार्टी, नेपालले मधेस प्रदेशको राजनितिक अवस्थाको समिक्षा गरेको छ । मंगलवार जनकपुरमा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले मधेस प्रदेशको राजनितिक अवस्थाको समिक्षा गरेका हुन् ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न भएको राजनितिक पस्थिति र पार्टीको भुमिको विषयमा बैठकमा चर्चा भएको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थितिमा भएको बैठकमा प्रदेश सभाको आठ जना सदस्यहरुसँग राजनितिक विषयवस्तुमा समिक्षा भएको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । उनले बैठकमा कुनै खासै निर्णय भने नभएको बताए । उनले बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने भएपछि यसको विषयमा समेत समिक्षा भएको र पार्टीले उचित समयमा उचित निर्णय लिने जानकारी दिए ।
मुखयमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट दुुई दल बाहिरिएपछि नयाँ बन्ने सरकारको अंकगणितको लागि लोसपा र नेकपा (एकिकृत समाजवादी) महत्वपूर्ण मानिएको छ ।