logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • २८५ मेगावाटको माथिल्लो तमोर बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ऋण

    २८५ मेगावाटको माथिल्लो तमोर बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ऋण

    777
    Shares
    २८५ मेगावाटको माथिल्लो तमोर बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ऋण

    काठमाडौं । प्रस्तावित २ सय ८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनालाई लगानी जुटेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा आयोजनाको विकासकर्ता तमोर इनर्जी प्रालि र अगुवा बैंकको तर्फबाट एभरेष्टसँग बिहीबार साँझ ऋण लगानी सम्झौता हुने भएको छ ।

    लगानी जुटेकाले आयोजना बन्ने सुनिश्चित भएको छ । अगुवा बैंक एभरेष्ट भए पनि अन्य बैंकसँग छलफल भइरहेको तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । बिहीबार नै बैंकको टुंगो लाग्ने उनले सुनाए । आयोजना बनाउन ५५ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विकासकर्ता तमोर इनर्जीबीच विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ ।

    कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २ सय ८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ । २०७५ जेठ २७ गते तमोरले आयोजनाबाट बिजुली उत्पादन गर्न मन्त्रालयबाट लाइसेन्स पाएको हो ।

    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७८ असार ८ गते बसेको लगानी बोर्डको ४७ औं बैठकले २ सय ८५ मेगावाटको माथिल्लो तमोर जलासयको लगानी स्वीकृत गरेको थियो । आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार १ अर्ब ३ करोड ३६ लाख र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घण्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ ।

    विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा प्रतियुनिट ४ रुपैयाँ र सुक्खायाममा (पिकिङ) अवधिका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र पिकिङ नभएको अवधिका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धारण गरेको नियमन आयोगले जनाएको छ । यस्तै प्रस्तावित आयोजनाको पीपीए दरअनुसार वार्षिक ३ प्रतिशतका दरदे ८ पटकसम्म मूल्यवृद्धि हुनेछ ।

    गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको सानिमा हाइड्रो ग्रुपले आयोजनाको जलविद्युत लगानीकर्ता ढुंगानालाई बेचेको हो । ढुंगानाले ४४ मेगावाटको माथिल्लो मादी आयोजना सञ्चालन गरिरहेका छन् ।

    अहिले आयोजनाको अध्यक्ष ढुंगाना रहेका छन् । आयोजना ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend