logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड आठ विकेटले पराजित

    टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड आठ विकेटले पराजित

    1K
    Shares
    टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड आठ विकेटले पराजित

    काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।

    आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरे । ३७ बलको सामना गरेका शर्माले चार चौका र एक छक्का प्रहार गरे ।

    त्यस्तै रिसब पन्तले ३६ रन बनाए । विराट कोहली भने भने पाँच बलमा एक रन बनाएर आउट भएका थिए ।

    आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले एक/एक विकेट लिए ।

    त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएको थिए ।

    उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend