logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ७ वर्षपछि जसपा मधेसको सत्ताबाट बाहिरियो

    ७ वर्षपछि जसपा मधेसको सत्ताबाट बाहिरियो

    1K
    Shares
    ७ वर्षपछि जसपा मधेसको सत्ताबाट बाहिरियो

    काठमाडौँ । मुलुकमा संघियता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बढारिएको छ ।

    लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा, नेपाल मधेस सरकारबाट बढारिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा, नेपाल बाहिरिनु परेको हो ।

    बुधवार विश्वासको मतका लागि बसेको मधेस प्रदेश सभा बैठकमा बहुमत प्रदेश सभा सदस्यले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन् । यादवको पक्षमा ५० प्रदेश सभा सदस्यले मतदान गरे भने विपक्षमा ५३ प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे ।

    बुधवारको बैठकमा १ सय ३ प्रदेश सभा सदस्य उपस्थित भएका थिए ।

    १ सय ७ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend