logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टी–२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायाे

    टी–२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायाे

    3.8K
    Shares
    टी–२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायाे

    काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।

    सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो ।

    प्रतियोगितामा आयोजक अमेरिकाको यो लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।

    पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

    पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend