काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ।
शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले हराएको हो ।
जारी खेलमा अफगानिस्तानले लगातार दुई जित निकालेको छ ।
अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५।२ ओभरमै अल आउट भएको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो।
अफगानिस्तानले यसअघि पहिलो खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको थियो।
समूह ‘सी’मा रहेको अफगानिस्तान ४ अंक बनाएर शीर्ष स्थानमा छ।