logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँ घट्यो, प्रतितोला कति ?

    सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँ घट्यो, प्रतितोला कति ?

    3.2K
    Shares
    सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँ घट्यो, प्रतितोला कति ?

    काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज एकै दिन ४ हजार रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँ छ । गत शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदीको मूल्य ७५ रुपैयाँ घटेर तोलामा १८ सय २५ रुपैयाँ कायम छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सुन किन्ने योजना स्थगन गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

    आइतबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स ८० डलर घटेको उनले जानकारी दिए । आइतबार विश्व बजारमा सुनको मूल्य प्रतिआउन्स २२ सय ९३ डलरमा कारोबार भएको छ ।

    याे पनि :

    सुनको मूल्य फेरि नयाँ उचाइमा, तोलाको कति पुग्यो ?

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend