logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’

    होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’

    1.3K
    Shares
    होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’

    काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रञ्च’ अफर सुरु भएको छ ।

    होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन् । छुटअनुसार, शनिबार ग्राहकले करसहित २ हजार ५ सय रुपैयाँमै स्विमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले जानकारी दिए । साथै ग्राहकले सोही प्याकेजमा पूल, बार, स्न्याक्स तथा रेस्टुरेन्ट समेतको मज्जा लिन सक्नेछन् ।

    यस प्याकेजका लागि ग्राहकले प्रि बुकिङ अर्थात जानु भन्दा अगाडि नै बुकिङ गर्न आवश्यक हुने सापकोटाले बताए ।

    काठमाडौंको प्रिमियम लोकेसनमा रहेको यस होटलमा स्विमिङ पुलमा मज्जा लिँदै अगाडिको नारायणहिटी दरबारको दृश्यावलोकन गर्न पाइने भएकाले पनि आकर्षण बढेको छ ।

    स्विमिङ पुलमा बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि अफरसहित स्विमिङ पुल खुला गरिएको हो । स्विमिङ पुल रहेको सातौं तलामा रेस्टुरेन्ट समेत रहेको छ । पुलसाइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिनेछ ।

    केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend