logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टी-२० विश्वकप : अमेरिकाको फ्लोरिडामा वर्षा रोकियो, मैदान निरीक्षण हुँदै

    टी-२० विश्वकप : अमेरिकाको फ्लोरिडामा वर्षा रोकियो, मैदान निरीक्षण हुँदै

    2.3K
    Shares
    टी-२० विश्वकप : अमेरिकाको फ्लोरिडामा वर्षा रोकियो, मैदान निरीक्षण हुँदै

    काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ ।

    अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको छ ।

    सवा ५ बजेबाट खेल सुरु हुनुपर्नेमा वर्षाका कारण हालसम्म टससमेत हुन सकेको छैन । अहिले वर्षा रोकिएसँगै मैदानमा निरिक्षणको तयारी भैरहेको छ ।

    फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुनेछ । मौसम विगभाका अनुसार फेरि वर्षाको सम्भावना यथावत् छ ।

    जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि  पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

    जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend