logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टी–२० विश्वकप : नामिबियालाई नौ विकेटले हराउँदै अस्ट्रेलिया पुग्यो ‘सुपर–८’ मा

    टी–२० विश्वकप : नामिबियालाई नौ विकेटले हराउँदै अस्ट्रेलिया पुग्यो ‘सुपर–८’ मा

    1.9K
    Shares
    टी–२० विश्वकप : नामिबियालाई नौ विकेटले हराउँदै अस्ट्रेलिया पुग्यो ‘सुपर–८’ मा

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको बुधबार भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ ।

    जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ ।

    यसअघि बुधबार नै समूह ‘डी’ बाट दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगिसकेको छ ।

    क्यारेबियन राष्ट्र एन्टिगुआको सर भिभियन रिचर्डस स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमै अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सकेको थियो ।

    सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ५.४ ओभरमा केवल एक विकेट गुमाएर ७४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

    समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले हालसम्म आफूले खेलेको तीन वटै खेलमा जितेको छ ।

    अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले र दोस्रो खेलमा साबिक विजेता इङ्गल्यान्डलाई ३६ रनले हराएको थियो ।

    अस्ट्रेलिया तीन खेलबाट ६ अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेलबाट पाँच अङ्क बटुलेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अङ्क हात पारेको नामिबिया तेस्रो स्थानमा छ ।

    दुई खेलबाट एक अङ्क जोडेको इङ्गल्यान्ड भने चौथो स्थानमा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend