डोटी । सुन्दा पनि अचम्म लाग्न सक्छ । जनताको विकासका लागि आएको बजेटबाट गाउँपालिका उपाध्यक्षले महंगो मोबाइल गरिद गरिन भन्दा । सो यहाँ एउटा यस्तै खालको अचम्मको कहाँनी भएको छ ।
प्रशंग हो डोेटीको बोगटान फुड्सिल गाउँपालिकाको । सो गाउँपालिकाकी उपाध्यक्ष बिष्नादेवी बमले गाउँपालिकाकै बजेटबाट ७९ हजार मुल्यको मोबाइल खरिद गरेको पाइएको छ । यसरी पालिकाको बजेटबाट आफ्ना लागि मोबाइल गरिद गरिएको कुरा बाहिरीए पछि अहिले उक्त पालिकामा उक्त विषयले निकै चर्चा पाएको छ ।
यसका साथै मोबाइल खरिद गर्ने उपाध्यक्ष बमको चौतर्फि बिरोध समेत सुरु भएको छ । उपाध्यक्ष बमले सेवा सुविधा सम्बन्धि ऐन विपरीत मोबाइल खरिद गरेकी हुन् । सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ३ मा गाउँपालिकाका पदाधिकारीले अनुसुची १ बमोजिमको सेवासुविधा बाहेक अन्य सुविधा दिन नमिल्ने भनिएको छ ।
तर उपाध्यक्ष बमले ऐन विपरीत विसं २०८० असार ५ गतेमा थ्याङ्क्यू विजनेसबाट वान प्लस कम्पनीको ७९ हजार एक सय मुल्यको मोबाइल खरिद गरेको महालेखापरीक्षकको कार्यलयले देखाएको छ । यतिमात्र नभई उक्त रकम असुल गर्नु भन्दै उल्लेख गरिएको छ ।
यसरी मोबाइल खरिद गर्ने उपाध्यक्ष बमले उक्त रकम तत्काल पालिकामा फिर्ता गर्नु पर्ने भन्दै सामाजिक सञ्जालहरुमा बिरोध सुरु भएको छ ।