काठमाडौँ । क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सकिने भएकाे छ । सेवाग्राहीले गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् ।
मातहतका निकायहरूमा ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने बताए ।