काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा दक्षिण अप्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको अप्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाउन सफल भयो ।
टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए ।
कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रन भने दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।
यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।