logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे गृहमन्त्री लामिछानेको जवाफ माग

    कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे गृहमन्त्री लामिछानेको जवाफ माग

    518
    Shares
    कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे गृहमन्त्री लामिछानेको जवाफ माग

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सांकेतिक बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका हुन् ।

    उनले सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गरे । उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताए ।

    उनले भने, ‘सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर हिजो कवाड व्यवसायीहरु सांकेतिक जुलुसमा थियो । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो । त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्न चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend