logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नयाँ युवा पुस्तामा निरासा मात्रै छाएको छ : सांसद केसी

    नयाँ युवा पुस्तामा निरासा मात्रै छाएको छ : सांसद केसी

    504
    Shares
    नयाँ युवा पुस्तामा निरासा मात्रै छाएको छ : सांसद केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन् ।

    उनले सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताए । तर अहिलेका युवा विद्यार्थीहरुले राजनीतिक,राष्ट्रियता र देशप्रति निराश रहेको बताए । उनले युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेनृत्व हुन आवश्वयक रहेको बताए । उनले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरुले देश छाडेर गइरहेको बताए ।

    उनले भने,‘नेपालका नयाँ युवा पीडि अत्यन्तै निराश छ । सदनमा आएका सासद पनि विद्यार्थीबाट नै आएका हैनौं । विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौ । अहिलेका नयाँ युवाहरुलाई सोध्नुस् । राजनीतिक,राष्ट्रियता र देशप्रति उनीहरु निराश छन् । युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद हुनुपर्छ । हामीले राजनीति राष्ट्र र जनताको लागि गरेनौं ।

    हामीले आफ्नो र परिवारको लागि राजनीति गरौं । त्यो परिणाम अहिले लाखौं लाख युवाहरुले देश छोडेर गइरहेका छन् । अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको छ ।’

    उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend