logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

    डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

    896
    Shares
    डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

    डोटी । डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५ सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिएको छ ।

    यसैगरी १४ जना विद्यार्थीलाई छात्रबृति समेत वितरण गरिएको छ । भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार दीर्घराज उपाध्यायको अगुवाईमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति वितरण गरिएको हो ।

    सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करीव दुई सय पुस्तक समेत प्रदान गरिएको छ । संगम पब्लिकेसन्स काठमाडौँका प्रबन्ध निर्देशक सहदेवप्रसाद सापकोटाले बिद्यार्थीहरुको पोशाकको कपडा र सुदूरपश्चिमका वरिष्ठ उद्योगपति तथा समाजसेवी ओमप्रकाश अग्रवालले पोशाक सिलाईको खर्च व्यहोरेको थियो ।

    यस्तै विद्यार्थीहरुको पोशाक खरीदमा एलआरआई काठमाडौँका संस्थापक शिवराज पन्तले एक लाख रुपैया र समाजसेवी मधु पाठकले ५० हजार रुपैया प्रदान गरेका थिए । चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले एक सय थान झोला, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला प्रदान गरेका थिए ।

    विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित बाल्मिकी ईन्टरनेशनलका तर्फबाट अध्यक्ष दीनेशराज भण्डारीले एक सय थान पुस्तक, प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्दन दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पुस्तक प्रदान गरेका थिए ।

    सोही समारोहमा संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले १० जना विद्यार्थीलाई, पर्यटन व्यवसायी अमरबहादुर शाही (काठमाडौँ), हिक्मत थापा (नाईजेरिया), खेमराज उपाध्याय (धनगढी) र तीर्थराज जोशी (काठमाडाँै) ले एक एक जनालाई छात्रबृतिको रकम प्रदान गरेका थिए ।

    उनीहरुलाई मासिक एक हजार रुपैयाका दरले १२ महिनाको छात्रबृति प्रदान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य पदमराज जोशी, प्रधानअध्यापक खड्कबहादुर सिंह, नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दीपेन्द्रबहादुर सिंहले विद्यार्थीहरुलाई पोशाक, झोला, छात्रबृति, पुस्तक लगायत सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुसँगै उक्त अभियानको नेतृत्व गर्ने पत्रकार उपाध्याय प्रति आभार व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend