logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • इङ्गल्यान्डसामु वेस्ट इन्डिज आठ विकेट पराजित

    इङ्गल्यान्डसामु वेस्ट इन्डिज आठ विकेट पराजित

    2.4K
    Shares
    इङ्गल्यान्डसामु वेस्ट इन्डिज आठ विकेट पराजित

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ ।

    जारी विश्वकपमा सुपर–८ चरणको खेलमा इङ्गल्यान्डको यो पहिलो जित हो ।

    सुपर–८ चरणको समूह–२ मा रहेको इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

    दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमशः तेस्रो र चौथो स्थानमा आसीन छन् ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend