काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसकेको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ । यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो । हामी आशा गरौँ । सरकारले बजेट परिमार्जन गर्नेछ । जुनजुन मन्त्रालयमा बजेट असन्तुलित भएको छ, त्यो मन्त्रालयमा बजेट सन्तुलित गर्ने र यो परिमार्जन गर्नेकुरा जुन प्रधानमन्त्रीले भन्नुभएको छ, यो सकारात्मक कुरा हो ।
प्रधानमन्त्रीजीले यसमा हस्तक्षेप गरेर बजेट परिमार्जन गर्नुपर्छ । बजेटप्रति सबैको असन्तुष्टि छ । प्रधानमन्त्रीजीले बोल्दा बजेटका प्रति असन्तुष्टि भएको संकेत गर्नुभएको छ । प्रधानमन्त्रीजी ने बजेटप्रति असन्तुष्ट भएको मैले संकेत पाएको छु । उहाँले परिमार्जन गर्नुपर्छ, सबैकुरा मिलेको छैन भन्नुभयो । यति भन्नु भनेको बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको कुरा देखिन्छ ।’
प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताए ।