logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रिलायन्स सुगरले ९ महिनामा गर्‍याे डेढ अर्बको चिनी व्यापार, अझै ५८ करोड घाटा

    रिलायन्स सुगरले ९ महिनामा गर्‍याे डेढ अर्बको चिनी व्यापार, अझै ५८ करोड घाटा

    763
    Shares
    रिलायन्स सुगरले ९ महिनामा गर्‍याे डेढ अर्बको चिनी व्यापार, अझै ५८ करोड घाटा

    काठमाडौं । प्रतिष्ठित व्यवसायिक घरना त्रिवेणी ग्रुप र शिवशक्ति ग्रुपको संयुक्त लगानीमा सञ्चालित रिलायन्स सुगर एन्ड केमिकल्स इन्डष्ट्रिजले ९ महिनामा डेढ अर्ब रुपैयाँको चिनी व्यापार गरेको छ । ९ महिनामा रिलायन्सले १ अर्ब ४६ करोड ८० लाख रुपैयाँको चिनी कारोबार गरेको हो ।

    गत वर्ष रिलायन्स सुगरले १ अर्ब ६२ करोड १० लाख रुपैयाँको चिनी व्यापार गरेको थियो । यस्तै २०२२ मा १ अर्ब ६१ करोड १० लाख र २०२१ मा ९५ करोड ४० लाख रुपैयाँ चिनी व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । ऊखुको बढ्दो आपूर्तिले रिलायन्स चिनी उत्पादन क्षमतामा सुधार आएको छ ।

    कूल आम्दानीमा डिष्टिलरी सञ्चालनको हिस्सा ११ प्रतिशत छ । गत वर्ष उद्योगले २ लाख ३७ हजार टन ऊखु क्रसिङ गरेको छ । २०२२ मा रिलायन्सले १ लाख ९४ हजार टन मात्र क्रसिङ गरेको थियो । ऊखु क्रसिङ बढेकाले उद्योगको आम्दानीमा पनि सुधार आएको हो । यस्तै चिनीको राम्रो मूल्य पाएपछि ९ महिनामा रिलायन्सको अपरेसन मार्जिन बढेर २५ प्रतिशत पुगेको छ ।

    २०२३ को यस अवधिमा ९.१ प्रतिशत थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चिनीको भाउ बढेको छ । आयातमा उच्च भन्सारदरले पनि उद्योगलाई सुरक्षा दिएको छ । स्वदेशी उद्योगको संरक्षण गर्न सरकारले चिनी आयात भन्सारदर लगाएको छ । सरकारले भन्सार घटाएर ३० प्रतिशत कायम गरेको छ । यसअघि ४० प्रतिशत भन्सार लाग्ने गरेको थियो ।

    देशमा चिनीको मागको तुलनामा आन्तरिक उत्पादन तुलनात्मक रूपमा कम छ । विगतको कमजोर प्रर्दशनले उद्योगको सञ्चित नोक्सान ५८ करोड ३० लाख रुपैयाँ छ । रिलायन्स सुगरको ऋण ९० करोड ९२ लाख रुपैयाँ छ ।

    कम्पनीको सुधारिएको परिचालनले वित्तीय प्रोफाइलमा दिगो सुधारले सहयोग पुर्याउनेछ । तुलनात्मक रूपमा उखुको उपलब्धतामा सुधार आएको छ । दुई क्रसिङ वर्षमा चिनी उत्पादनमा केही सहजता देखिएको छ । चिनीको राम्रो बिक्रीले उद्योगको सञ्चालन मार्जिनमा सुधार गरेको हो । जसले कम्पनीको नाफा र नेट वर्थलाई समर्थन गरेको छ । २०२२ मा १६ प्रतिशत रहेको मार्जिन २०२३ मा बढेर २४ प्रतिशत पुगेको थियो । रिलायन्स सुगर स्थानीय किसानहरूले खेती गरेको ऊखुमा निर्भर छ ।

    क्रसिङ सिजनमा कच्चा पदार्थको उपलब्धता कम्पनीको लागि सर्वोपरि हुने गरेको छ । आर्थिक वर्ष २०२२ सम्म उखुको कम उपलब्धताले क्रसिङ अवधि घट्यो र कम क्षमता उपयोग, चिनी मिलहरुको आम्दानी कम भयो । अहिले ऊखुको उपलब्धतामा सुधार आएको छ ।

    १९९९ मा ममकौर सुगर एन्ड केमिकल इन्डष्ट्रिजको नामबाट सञ्चालन भएको थियो । २०११ मा आएर उद्योग रिलायन्स सुगरमा परिणत भएको हो । रिलायन्सले दैनिक ३ हजार ५ सय टन ऊखु क्रसिङ गर्छ । उद्योगको कलैयाको मनहर्वामा छ । उद्योगले बारा र पर्साका किसानबाट ऊखु खरिद गर्दै आएको छ । रिलायन्ससँग साढे ४ मेगावाट बिजुली उत्पादन गर्ने थर्मल क्याप्टिभ प्लान्ट छ ।

    रिलायन्सको डिस्टिलरी युनिटको क्षमता दैनिक ३० किलोलिटर छ । रिलायन्समा त्रिवेणी र शिवशक्ति ग्रुपको बराबर हिस्सा रहेको छ । उद्योगको सञ्चालकमा वीरेन्द्रकुमार संघइ र राजकुमार अग्रवाल छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend