logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौंः कृषिमन्त्री साह

    दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौंः कृषिमन्त्री साह

    574
    Shares
    दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौंः कृषिमन्त्री साह

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन् । शुक्रबार एमाले निकट उद्योगी व्यवसायीहरुसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् ।

    उनले दुग्ध विकास संस्थानको समस्या दीर्घकालिन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गरिन् । उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिइन् । उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी लान आवश्यक रहेको बताइन् ।

    उनले संस्थानले किसान र दुग्ध व्यवसायीहरु माथि खेलवाड गर्न नमिल्ने बताइन् । उनले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रुपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताइन् । उनले संस्थानलाई नयाँ स्वरुपमा सञ्चालन गर्नेगरी अबको एक महिनामा उथलपुथल गरिने बताइन् ।

    उनले दुग्ध विकास संस्थानमा विचौलीया हाबी भएको भन्दै संस्था विचौलियाले चलाइरहेको दाबी गरिन् । उनले संस्थानमा ९ सय कर्मचारीहरुमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताइन् । उनले स्थायी कर्मचारीहरुलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताइन् । उनले दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीले थगेर ल्याएको भन्दै करारका कर्मचारी हटाउन सक्ने अवस्था नभएको बताइन् । उनले स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा समेत सरुवा भएर जान नमानेको बताइन् । उनले संस्थानमा काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण नदिइएको संस्थानमा अब धेरै दिन कसैको दादागीरी नटिक्ने चेतावनी दिइन् ।

    उनले भनिन्, ‘दुग्ध विकास संस्थानमा विचौलिया हाबी भएको छ । संस्थान पिउनले चलाएको छ । संस्थानमा ९ सय कर्मचारीहरु छन् । जसमा ३ सय कर्मचारीहरु अस्थायी र ६ सय कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरु जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमण्ड बढेर आएको छ । दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थगेर ल्याएको छ । करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन । करारका कर्मचारीले थेगेर राखेको छ । स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा अहिलेसम्म सरुवा गएको छैन । जानै मान्दैन ।

    किन जान मान्दैन भनेको हप्तामा महिनामा घ्यु लैजाँदोरहेछ । केही सानो टिमले त्यो काम गरिरहेको छ । काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण दिइएको छैन । कही नभएको जात्रा दुग्ध विकास संस्थानमा भएको छ । दुग्ध विकास संस्थानलाई निजी संस्थानलाई दिने होकी जस्तो लागेको छ । सरकारको केही स्वामित्वमा राखेर निजी साझेदारीमा जाने होकी अनि मात्रै दिर्घकालिन समस्या हल हुन्छ । मन्त्रालय त्यतातिर सोच्दैछ । त्यही हिसाबले छलफल चलेको छ । दीर्घकालिन समस्या समाधान गर्नु आवश्यक छ ।

    संस्थानले किसान वा व्यवसायीसँग खेलवाड गर्न पाइँदैन । मेहनत गर्नेलाई प्रोत्साहन गर्नुसक्नुपर्छ । संस्थानको कमाण्ड चलाउन नसक्नेले सरेण्डर गर्दा हुन्छ । कसले के गर्नसक्छ भनेर दादागीरी देखाउने काम धेरै चल्दैन । अबको एक महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल हुन्छ । सरकारले केही चुकाउनुपर्छ भने चुकाउन तयार हो । यो समस्या आजको होइन विगत देखिएको हो ।’

    उनले कर्मचारीहरुले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताइन् । उनले आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उल्लेख गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend