logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ८ देशका राजदूत सिफारिस, कुन देशमा को ?

    ८ देशका राजदूत सिफारिस, कुन देशमा को ?

    1.3K
    Shares
    ८ देशका राजदूत सिफारिस, कुन देशमा को ?

    काठमाडौँ । सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारत, चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क,  डा विजय पन्त बेलायत त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले सुनौलो नेपाललाई जानकारी दिईन ।

    राजनीतिक भागवण्डाका आधारमा सिफारिस भएका राजदूतहरू  ८ मध्ये ५ एमाले, एक माओवादी केन्द्र र २ जसपाको कोटाका हुन् । उनीहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।

    त्यस्तै सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।
    यादवलाई दोश्रो कार्यकालका बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend