logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • झापामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु , दुई घाइते

    झापामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु , दुई घाइते

    448
    Shares
    झापामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु , दुई घाइते

    झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

    मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend