logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : महेश बर्तौला

    प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : महेश बर्तौला

    567
    Shares
    प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : महेश बर्तौला

    काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको कमाण्डमा देश अघि बढ्ने बताएका छन् । आईतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने भन्ने कुरा नहुने बताए । उनले प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहेको भन्दै प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका राजनीतिक दलहरुको रहेको बताए । उनले पहिलो दल प्रतिपक्षमा र तेस्रो दलले सत्ता चलाइरहेको अवस्थालाई लिएर आफ्नो संख्या जादुमय हो भन्नुलाई अस्वभाविक रुपमा लिन नसकिने बताए ।

    उनले भने, ‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ । त्यस हिसावले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादु नम्बरवाला हो भन्ने लाग्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन । यो सरकार पाँच वर्ष जान्छ । कसैले भत्काउन सक्दैन । भत्काउन नसक्ने गरी छ । तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्नेगरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला ।

    नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्युहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्नेकुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरुको हो । सरकारले राम्रो काम गर्नेगरी अघि बढाइरहेको छ ।’

    उनले सरकारले राम्रोसँग काम गरिरहेकाले नेपाली काँग्रेसल विचलित हुन लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend