logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आगामी आर्थिक वर्षमा विद्युत उत्पादन ४५ सय मेगावाट पुग्छ : मन्त्री बस्नेत

    आगामी आर्थिक वर्षमा विद्युत उत्पादन ४५ सय मेगावाट पुग्छ : मन्त्री बस्नेत

    539
    Shares
    आगामी आर्थिक वर्षमा विद्युत उत्पादन ४५ सय मेगावाट पुग्छ : मन्त्री बस्नेत

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखेको बताएका छन् ।

    उनले आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए । उनले नीजि क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन सरकारले कानूनी व्यवस्था गरेको पनि बताए । उनले ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने बताए ।

    उनले भने– ‘आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने र सो अनुसारको प्रशारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ । उत्पादन, प्रशारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, वचत विद्युत निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना हो । त्यसको लागि आवश्यक थप संस्थागत र अन्य नीतिगत तथा कानूनी सुधारको बारेमा पनि कार्ययोजना समावेश गरिएको छ ।

    त्यो अनुसार १० मेघावाटसम्मका आयोजनाहरुले पिपिए गर्दा प्रक्रियामा रहनु नपर्ने र सिँधै पिपिए गर्नसक्ने लगायतका कुराहरु छ । २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि गर्न सकिने लगायतका कामहरु नीतिगत क्षेत्रमा गरिरहेका छौँ । निजी क्षेत्रलाई कानूनी व्यवस्थासहित विद्युत व्यापारमा संलग्न गराउने कानूनी व्यवस्था सरकारले लिएको छ र सायद नेपालको सन्दर्भमा पब्लिक प्राइभेट पार्टनरशीप (सार्वजनिक नीजि साझेदारी) को सबैभन्दा राम्रो प्रयोग ऊर्जा क्षेत्रमा नै भइराखेको छ ।

    ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी क्षेत्रको साझेदारीको राज्यको नीतिको व्यवस्थित कार्यान्वयन भइराखेको महशुस गर्दछौँ । निजी क्षेत्रको सहभागितालाई अझ वृद्धि गर्नमा पनि थप ध्यान दिइएको छ । आगामी आवमा हाम्रो कुल विद्युत उत्पादन हाम्रो क्षमता ४५०० मेगावाट पर्याउने हाम्रो लक्ष्य रहेको छ ।’

    मन्त्री बस्नेतले सोलार लगायत वायु ऊर्जामा पनि काम गरिराखेको बताए । उनले ८०० मेगावाट सोलार उत्पादनका लागि पिपिएको काम गर्न लागिएको पनि जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend