logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • आर्थिक नीतिमार्फत बैंकहरुमा रहेको लगानीयोग्य रकम बजारमा लैजान सहज गर्छौं : अर्थसचिव मरासिनी

    आर्थिक नीतिमार्फत बैंकहरुमा रहेको लगानीयोग्य रकम बजारमा लैजान सहज गर्छौं : अर्थसचिव मरासिनी

    812
    Shares
    आर्थिक नीतिमार्फत बैंकहरुमा रहेको लगानीयोग्य रकम बजारमा लैजान सहज गर्छौं : अर्थसचिव मरासिनी

    काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरुमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन् ।

    उनले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने बताए । उनले अर्थमन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने बताए । उनले उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनैपनि कसर बाँकी नराख्ने उल्लेख गरे । उनले आर्थिक नीतिमा आवश्यक सुधार गरी बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्ने बताए ।

    सचिव मरासिनीले राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको बताए । उनले अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेको बताए । उनले चालु आर्थिक वर्षको अन्तिम असार महिनामा खर्च बढ्नुपर्ने अवस्थामा रहेको बताए । उनले सरकारले अहिलेसम्म पुँजीगत खर्च ४६ प्रतिशत भन्दा माथि गर्न नसकेको बताए । उनले बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने बताए । उनले बजेट रकामान्तर र भुक्तानी दिने विषयमा अर्थमन्त्रालय पारदर्शी रहेको बताए ।

    उनले भने,‘राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याडलक छ । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौ । रकम दुरुपयोग भन्ने अखबारहरुमा समाचार आउँछ अनि हामीलाई पनि केही काम गर्न लाग्दा कुन अखबारमा के लेखेको छ हर्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको अन्तिम असार महिनामा छौं । खर्च बढ्नु पर्ने बेला छ । हामीले हर्ने अहिले बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च हुँदैन । त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव र ब्याटलकलाई तिर्ने हो । नयाँलाई हामी पनि दिँदैनौं ।

    हामी पनि पारदर्शी छौं । हाम्रो पारदर्शीता माथि धेरै प्रश्न भइरहन्छ । पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने हो । अर्थमन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानी योग्य रकमलाई प्राथमिकताका साथ हेरी रहेका छौं । त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी राख्दैनौं । आर्थिक नीतिमा कहाँ कति सुधार गर्नुपर्ने हो । त्यो गर्छौं । बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौं ।’

    उनले आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend