logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै कस्ले ल्यायो बजारमा ?

    सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै कस्ले ल्यायो बजारमा ?

    567
    Shares
    सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै कस्ले ल्यायो बजारमा ?

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको दाबी गरिएको छ ।

    नेपाली कांग्रेसले रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको दाबी गरेको हो । प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । सो बजेट कार्यक्रम पुस्तिका प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको छ ।

    धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा समेत माग गरेको छ । कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातोकिताब पाउनु गम्भीर विषय भएको बताए ।

    त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् । उनले भने, ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ । सरकारले नैतिक रुपमा राजीनामा दिनुपर्छ ।’

    उता प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातोकिताब नराखेको जनाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आधिकारिक रुपमा रातोकिताब सार्वजनिक नगरिएको बताउँदै आएका छन् ।

    उनले अर्थ सचिव सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने दाबी समेत गरेका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend